काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शीतल निवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति जानकारी गराएको बताइएको छ ।
