Monday July 27, 2026 | 07:44 PM
Kathmandu 23°C
Parliament Update

Parliament Update

Parliament Update

Parliament Update

  • गृहपृष्ठ
  • समाचार
  • नागरिक
  • उच्चपदस्थ
    • रास्ट्रपति
    • उपरास्ट्रपति
    • प्रधानमन्त्री
    • प्रधानन्यायधीश
    • सभामुख
    • अध्यक्ष
  • संघीय संसद
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • संसदीय समिति
    • विधेयक
  • सरकार
    • संघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • प्रदेश सभा
    • काठमाडौँ
    • सुदूरपश्चिम
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • बाग्मती
    • मधेस
    • कोशी
  • प्रतिपक्ष
  • दल
  • प्रशासन
    • अदालत
    • अख्तियार
    • कर्मचारी
    • सुरक्षा
  • निर्वाचन क्षेत्र
  • विविध
    • अन्तर्राष्ट्रिय पार्लियामेन्ट
    • संसद इतिहास
    • मानव अधिकार
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्य

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

Posted on: Sep 28, 2025
अन्य

म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेको) जानकारी दिए ।

“चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ”, उनले भने, “यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ ।”

सङ्खुवासभाको मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नं २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन् ।

शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन् ।

पर्यटन विभागका अनुसार शरदयाममा धवलागिरि आरोहणका लागि तीनवटा समूहका सात जना महिला र १७ जना पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

आरोही, शेर्पा, पथप्रर्दशक र सहयोगीहरूको टाली आधार शिविरमा पुगिसकेका छन् । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर पुगेका हुन् । धवलागिरि गाउँपालिकाको मुदीबगर हँुदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

गत वसन्तयाममा दुईवटा समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार २६० राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एक समूहका १४ जना पुरुष पर्वतारोहीहरूले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

  • Home
  • About Us
  • Our Team
  • Privacy Policy
प्रकाशक: मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर
सम्पादक: उदयराज ढकाल
ठेगाना: ललितपुर महानगरपालिका - ५, ललितपुर
फोन नं.:- ०१-५४११२२४
सूचना विभाग दर्ता प्र.प.नं.: ५१२०-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्र.प.नं.: ५१२६-२०८१/२०८२
© Copyright 2026. Parliament Update. All Rights Reserved.