-नारायण गाउँले ।
बिनासुरक्षा यसरी हिँड्दै गरेको तस्बिर देखेपछि लाग्यो, दिनभरिको भागदौड़बाट बेलुका घर फर्किँदा जस्तै शान्ति र आनन्द अनुभव भयो होला महावीरजीलाई !
निसासिएको जस्तो, ठूलो बोझले थिचिएजस्तो र आफ्नो स्वभावभन्दा भिन्न औपचारिकता र रूटिनले दबिएजस्तो देखिनुहुन्थ्यो ।
एकसुका पनि बनावटीपन नभएको बिन्दास जीवन छ उहाँको । यसरी हिँड्नुलाई स्टन्ट भन्नेहरूलाई उल्टै पाप लाग्लाजस्तो प्राकृतिक लय छ उहाँको । हिजो बजेट बजेट भन्नुहुन्थ्यो, अनुसन्धान र नवप्रवर्तनमा सरकारले लगानी नगरेकोमा ठाडै गाली गर्नुहुन्थ्यो । आज त्यहाँभित्रको चित्र बुझ्दै हुनुहुन्छ । साधनस्रोतको सीमितता र कर्मचारीतन्त्रको झमेला पढ्दै हुनुहुन्छ । अलिअलि गल्नुभएजस्तो देखिन्छ ।
उहाँजस्तो सादगी र स्वच्छन्द मान्छेलाई पनि कुन देश र एजेन्सीको दलाल हो भनेर स्टोरी बनाउँदै बेच्दै गर्छौं हामी । अनेक षड्यन्त्र सिद्धान्त प्रयोग गरेर उहाँलाई प्लान्टेड पात्र सिद्ध गर्नु हाम्रो बौद्धिकता हो । अर्कोथरी हामीचाहिँ हामीजस्तै बाठो नभएकैले उहाँले माखो नमार्ने दाबी गर्छौं । तर महाबीर पुन आफ्नो बाटो यसरी नै हिँडिरहनुहुन्छ !
