काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न आह्वान गरेकी छन् । मंगलबार विज्ञप्ति जारी गरी भण्डारीले वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘नेपाल सरकार, जिम्मेवार राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न हार्दिक आह्वान गर्दछु ।’ । उनले युवापुस्ताको विश्वास जित्ने कदम चाल्न माग गरेकी छन् ।

