काठमाडौं । नेकपा एमलोले आगामी मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको स्थान र मिति भने अब बस्ने केन्द्रीय समिति बैठकले तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार एमालेले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पुनस्र्थापनाको माग गर्ने निर्णय पनि गरेको छ ।
