जनकपुरधाम । धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ सात बजेतिर विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ४ भरतपुरका अन्दाजी ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर र रमेशका भाइ ३५ वर्षीय शम्भु मगर र अटो रिक्सा चालक सोही ठाउँका ४० वर्षीय डम्बर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुका १४ र ९ वर्षीया छोराछोरीको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ ।