काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
शनिबार साँझ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई २६–२४, २५–१७, १३–२५, १७–२५ र १५–८ को सेटमा पराजित गरेको हो ।
