काठमाडौं । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर गरेको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको निर्णय बदर गर्दै शाक्यलाई पूर्ववत रूपमा काम गर्न दिन परमादेश जारी गरेको हो । जेनजी आन्दोलनपछि बनेको सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएको थियो । त्यसविरुद्ध शाक्य सर्वोच्च गएका थिए ।
