Tuesday August 4, 2026 | 10:46 AM
Kathmandu 24°C
Parliament Update

Parliament Update

Parliament Update

Parliament Update

  • गृहपृष्ठ
  • समाचार
  • नागरिक
  • उच्चपदस्थ
    • रास्ट्रपति
    • उपरास्ट्रपति
    • प्रधानमन्त्री
    • प्रधानन्यायधीश
    • सभामुख
    • अध्यक्ष
  • संघीय संसद
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • संसदीय समिति
    • विधेयक
  • सरकार
    • संघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • प्रदेश सभा
    • काठमाडौँ
    • सुदूरपश्चिम
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • बाग्मती
    • मधेस
    • कोशी
  • प्रतिपक्ष
  • दल
  • प्रशासन
    • अदालत
    • अख्तियार
    • कर्मचारी
    • सुरक्षा
  • निर्वाचन क्षेत्र
  • विविध
    • अन्तर्राष्ट्रिय पार्लियामेन्ट
    • संसद इतिहास
    • मानव अधिकार
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्य

एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा

Posted on: Dec 9, 2025
खेलकुद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव एक ओभरमा ७८ रनमा अलआउट भयो । जसमा फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि हार टार्न सकेनन् । सुदूरपश्चिमका स्कट कुगेलेइन, अभिनाश बोहरा र हर्मित सिंहले दुई/दुई विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनायो ।

सुदूरपश्चिमको लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका हुन् । यस्तै, आसिफ शेख र शेरडोन ज्याकसनले समान २०/२० रन जोडे ।

यसैगरी हरमित सिङले १४ रन बनाए भने इसान पाण्डेले १३ रन जोडे । यता बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मार्सेन्ट दिलाङले समान दुई/दुई विकेट लिए भने सूर्य तामाङ र साम हेजलेटले समान एक/एक विकेट लिए ।

  • Home
  • About Us
  • Our Team
  • Privacy Policy
प्रकाशक: मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर
सम्पादक: उदयराज ढकाल
ठेगाना: ललितपुर महानगरपालिका - ५, ललितपुर
फोन नं.:- ०१-५४११२२४
सूचना विभाग दर्ता प्र.प.नं.: ५१२०-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्र.प.नं.: ५१२६-२०८१/२०८२
© Copyright 2026. Parliament Update. All Rights Reserved.