काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यताका सिरियल नम्बर बिनाका फारम सच्याउन आग्रह गरेका छन् ।
मंगलबार सभापति देउवा निवास महाराजगन्जमा भेटेर कोइरालाले यस्तो आग्रह गरेका हुन् । कोइराला सभापति देउवालाई भेट्न नेता डा. मिनेन्द्र रिजाललाई लिएर पुगेका थिए ।
भेटमा कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले ‘सिरियल नम्बर’ बिनाका फारम जिल्ला–जिल्लामा पठाएको भन्दै त्यसलाई सच्याउन र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा गर्नुपर्ने बताएका थिए ।
कोइरालाले अनुशासनको कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिन आग्रह गरेका थिए ।
