काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।

बहुविवाह मुद्दामा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी खारेज भएको हो । शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो।

उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो । उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ।