काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टीबीच एकताको सहमतिमा हस्ताक्षर भएको छ ।
सोमबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन साह साक्षी बसेर रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कुलमानलाई रास्वपाको रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको हो ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन् । त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।

