काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई मुलुकको प्रधानमन्त्री बन्ने गरीअघि सार्ने बताएका छन् ।

मंगलबार साँझ बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रधानमन्त्री बन्ने गरी थापालाई अघि सार्ने बताएका हुन् । उनले नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ भन्ने सन्देश दिएर निर्वाचनमा जाने बताए ।

उनले भने, ‘कांग्रेसको बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्लतिर लिएर आउँदैछौं।’

बन्दसत्रले दुई महामन्त्रीको प्रतिवेदन पारित गरेको थियो ।