काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । आइतबार रास्वपाले करार पत्र सार्वजनिक गरेको हो ।
नागरिक करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने बताएको छ ।
सभापति रवि लामिछानेले भनेका छन्, ‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे। तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नु पर्यो निरन्तर। हामी पूरा नहुने बाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दैछौं । विस्तृत फागुन ७ गते कर्णालीबाट।’

