काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

बुधबार सरकारको निर्णयबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको बताए ।
त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । त्यस्तै सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्वीकृति प्रदान पनि गरेको छ।बुधबार सरकारको निर्णयबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको बताए ।
त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ । त्यस्तै सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्वीकृति प्रदान पनि गरेको छ।