काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आजका लागि बोलाइएको हो । समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसलगायत विषय बैठकको कार्यसूचीमा राखिएको छ ।