काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
बुधबार आयोगको प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको जेलब्रेकदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालगायत घटनासँग सम्बन्धित विभिन्न व्यक्तिसँगको बयान उल्लेख गरिएको छ । त्यस्तै आयोगले राजनीतिक नेतृत्वदेखि प्रहरीसम्मलाई फौजारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
