काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृति गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सम्बोधन स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट आज अपरान्ह चार बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।
आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक बस्दैछ । बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
