काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सामु चुनौती भएपनि तिनको सामना गर्न सकिने बताएका छन् । सामाजिक संजालमार्फत महासचिव पोखरेलले निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको तर त्यसलाई पुनः मजबुत बनाउन सकिने बताएका छन् । उनले भनेका छन्, ‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ।’
त्यस्तै उनले त्यसका लागि खुला आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति आवश्यक रहेको बताए । उनले भनेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन् । यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’
