काठमाडौँ । गृह मन्त्रालयले १८ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयानुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।

जसमा १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी छन् । स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतलगायतका जिल्लाका सीडिओको सरुवा गरिएको छ ।