काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराएका हुन् ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरिन् ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।