काठमाडौँ । प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्नका लागि तयारी सुरु गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा जाने तय भएको थियो । भदौ १० गते रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति गरेपछि जलवायु परिवर्तनका विषय उठाउन प्रधानमन्त्री आफैँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेका हुन् ।
नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सबैतर्फ दबाब आएपछि प्रधानमन्त्री जान तयार भएको बताइएको छ ।
