Monday October 19, 2026 | 04:04 AM
Kathmandu 12째C
Parliament Update

Parliament Update

Parliament Update

Parliament Update

  • गृहपृष्ठ
  • समाचार
  • संघीय संसद
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • संसदीय समिति
    • विधेयक
  • सरकार
    • संघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • प्रदेश सभा
    • काठमाडौँ
    • सुदूरपश्चिम
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • बाग्मती
    • मधेस
    • कोशी
  • दल
  • प्रशासन
    • अदालत
    • अख्तियार
    • कर्मचारी
    • सुरक्षा
  • विविध
    • अन्तर्राष्ट्रिय पार्लियामेन्ट
    • संसद इतिहास
  • हाम्रा माननीय
  • भिडियाे
  • अन्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

Posted on: Sep 9, 2026
अन्तर्राष्ट्रिय पार्लियामेन्ट

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औं महासभा मंगलबारबाट न्युयोर्कमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सुरु महासभा आगामी २९ ‘सेप्टेम्बर’ सम्म जारी रहनेछ।

‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे।

सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढङ्गबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१औं महासभा सफल हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, वहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे।

महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसंघको ध्यान जानुपर्ने धारणा व्यक्त गरे।

जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिम जस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए।

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औं महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ। यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ।

नियोगले राष्ट्रसंघीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकामा बांगलादेशी कूटनीतज्ञ समेत रहेका रहमानलाई बधाई ज्ञापन समेत गरेको छ। यसैबीच, मंगलबार नेपालका तर्फबाट राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरेका छन्।

थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकन मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन्। कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्दै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे।

  • Home
  • About Us
  • Our Team
  • Privacy Policy
प्रकाशक: मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर
सम्पादक: उदयराज ढकाल
ठेगाना: ललितपुर महानगरपालिका - ५, ललितपुर
फोन नं.:- ०१-५४११२२४
सूचना विभाग दर्ता प्र.प.नं.: ५१२०-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्र.प.नं.: ५१२६-२०८१/२०८२
© Copyright 2026. Parliament Update. All Rights Reserved.