काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलोको खाता खोलेको छ । करातेमा तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।
कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । यसअघि उनी सेमिमाफाइनलमा पराजित भएपछि कास्य पदकका लागि खेल्न बाध्य भएका थिए ।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । आज कराते, कबड्डी, उसुलगायत खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
