काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगी उनीहरुविरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए ।
उनले कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए । बडालले भने, ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ । हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएका हौ।’
उनले सिंहदरबारसहित सरकारी संरचनामा आगजनी, तोडफोड गर्नेहरुलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै प्रमाणसहित प्रस्तुत गरेको बताए ।
