काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियान आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छ । आज दिउँसो साढे १ बजे राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ ।

समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, जागरण अभियानका संयोजक रावललगायत नेताहरू उपस्थित रहने जनाइएको छ । एमाले छाडेका रावलले २०८१ माघमा जागरण अभियान सुरु गरेका थिए ।