ब्राजिल । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारमध्येका एक नेता क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले पेरिस जलवायु सम्झौतामा ‘बिना कुनै हिचकिचाहट’ पुनः सामेल हुने भएको छ।
संयुक्त राष्ट्रसङ्घको कोप ३० जलवायु शिखर सम्मेलन आयोजना गरिरहेको ब्राजिलको अमेजन शहर बेलेममा एएफपीले सोधेको प्रश्नको जवाफमा न्यूसमल भने, “सम्मेलनमा भाग लिनुपर्छ । यो एक नैतिक प्रतिबद्धता हो, यो एक आर्थिक अनिवार्यता हो र यो दुबै हो ।”
उनले भने, “सम्मेलन बहिस्कार गर्नु घृणित छ । राष्ट्रपतिले एक पटक होइन, दुई पटक सम्झौताबाट पछि हट्नुभएको छ। यसले अमेरिकाको सम्मानमा कमी आउनसक्छ।”
“डोनाल्ड ट्रम्पले मूर्खतालाई दोहोराउँदै हुनुहुन्छ्,“ उनले भने । यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र कोप–३० सम्मेलनमा कुनै पनि उच्च अमेरिकी अधिकारी उपस्थित नहुने बताउनुभएको थियो भने दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा पनि कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताएका थिए ।
