काठमाडौं । बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । शनिबार काठमाडौंबाट पोखराका लागि उडेको बुद्धको जहाजमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको थियो ।
चरा ठोक्किए पनि यात्रु र चालक दल सुरक्षित रूपमा अवतरण भएको बुद्ध एयरले जनाएको छ । अहिले विमानको प्राविधिक परीक्षण जारी छ ।
