काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।
मंगलबार हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । दिउँसो पटक पटक समय सारिएकोमा पछि साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो । एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।
