काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् ।
बुधबार ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरु सत्ता लम्ब्याउने पक्षमा नरहेको बताएकी हुन् । उनले सुशासन र निर्वाचन सरकारको मुख्य प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्रीले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनको तयारी धेरै अगाडि बढिसकेको जानकारी दिइन् ।
उनले भनिन्, ‘आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’
प्रधानमन्त्रीले कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय रहेको बताइन् ।
