काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार दिउँसो सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी गोरखा २ बाट उम्मेदवार भएका भट्टराईले उम्मेदवार फिर्ता लिएको घोषणा गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।उनले गोरखा–२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहपछि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताएका छन् ।