काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराईले आइतबारदेखि काठमाडौंमा सत्याग्रह सुरु गरेका हुन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनले माग गर्दै आएका छन् । माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् ।

उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । उनलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।