काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई संसदमा ऐन नियमका कुरा नगर्न चेतावनी दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रसाईँले सडकमा मोटरसाइकल चलाउन सामान्य नियम नजान्नेले संसदमा ऐन नियमका ठूला कुरा गर्न नमिल्ने बताएका हुन् । उनले रास्वपा सरकारले ऋण लिएको रकम दुरुपयोग नगर्ने बताए ।
उनले भने, ‘ऋण बाध्यताले लिने हो । हिजो ऋण लिएर टिंग्रिङ्ग टावर बनाउन र शुभचिन्तकको जग्गाको भाउ बढाउन मात्र प्रयोग गरियो । हामीले वाचा गरेका छौँ, ऋणलाई अधिकतम प्रतिफल आउने योजनाहरूमा लगानी गर्छौं भनेर ।’
