वासिङ्टन डीसी। अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा १ जना व्यक्तिको मृत्यु भएको बताएका छन्।

आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन “साउदर्न स्पियर“ को एक भाग भएको जनाइएको छ।

“गुप्तचरले उक्त डुङा पूर्वी प्रशान्तमा नार्को–तस्करी मार्गहरूमा पारगमन गरिरहेको र नार्को–तस्करी अपरेसनमा संलग्न रहेको पुष्टि गरेको युएस साउदर्न कमान्ड (साउथकम) ले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ।

आक्रमणमा परी दुई जना मानिसहरू घाइते भएको जनाइएको छ, भने अमेरिकी तट–रक्षकले उनीहरुको खोजी तथा उद्धार अभियान सुरु गरेको साउथकमले जनाएको छ।

क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा “साउदर्न स्पियर“ आक्रमण क्रममा २०० जना भन्दा बढी मानिसको मृत्यु भएको एएफपीले जनाएको छ।

कानुनी विज्ञहरू र अधिकार समूहहरूले संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा नगर्ने नागरिकहरूलाई लक्षित गरी गरिएका आक्रमणहरु गैरन्यायिक आक्रमण हुने जनाएका छन्।