काठमाडौं । उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ ।
बिहीबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा छोड्ने आदेश गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए ।
तर, पछि पत्र नै अनधिकृत रहेको पुष्टि भएपछि चौधरीविरुद्ध जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतले उनलाई एक लाख धरौटीमा रिहा गरेको थियो । जिल्लाको आदेशविरुद्ध रेशम उच्च अदालत गएका थिए ।

