Monday September 14, 2026 | 10:41 PM
Kathmandu 19°C
Parliament Update

Parliament Update

Parliament Update

Parliament Update

  • गृहपृष्ठ
  • समाचार
  • नागरिक
  • उच्चपदस्थ
    • रास्ट्रपति
    • उपरास्ट्रपति
    • प्रधानमन्त्री
    • प्रधानन्यायधीश
    • सभामुख
    • अध्यक्ष
  • संघीय संसद
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • संसदीय समिति
    • विधेयक
  • सरकार
    • संघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • प्रदेश सभा
    • काठमाडौँ
    • सुदूरपश्चिम
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • बाग्मती
    • मधेस
    • कोशी
  • प्रतिपक्ष
  • दल
  • प्रशासन
    • अदालत
    • अख्तियार
    • कर्मचारी
    • सुरक्षा
  • निर्वाचन क्षेत्र
  • विविध
    • अन्तर्राष्ट्रिय पार्लियामेन्ट
    • संसद इतिहास
    • मानव अधिकार
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्य

ह्यारी–मेघनको शाही हैसियत यथावत्

Posted on: Sep 8, 2026
अन्तर्राष्ट्रिय पार्लियामेन्ट

लन्डन । बेलायतका राजा चाल्र्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका छन् । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ ।

राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले गर्ने उल्लेख छ । शाही घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार, सेना तथा देशभर राजाका प्रतिनिधि रहेका लर्ड लेफ्टिनेन्टहरूलाई पत्र पठाएका हुन् ।

पत्रमा कुनै शंका वा भ्रम नहोस् भनेर राजाको निर्देशनमा जानकारी साझा गरिएको उल्लेख छ । ह्यारी–मेघनको हैसियत यथावत् रहे पनि उनीहरूले शाही परिवारका काम गर्ने सदस्यसँग समानान्तर शाही संरचना बनाउन सक्ने आशंका दरबारका केही पर्यवेक्षकले गर्दै आएका छन् ।

शाही जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट प्राप्त हुने प्रहरी सुरक्षा पुनःस्थापनाका लागि ह्यारीले सरकारसँग लामो कानुनी लडाइँ लड्दै आएका छन् । दम्पतीलाई चौबीसै घण्टा प्रहरी सुरक्षा दिने वा नदिने निर्णय आरएभीईसी अर्थात् रोयल एन्ड भिआइपी कार्यकारी समितिले गर्नेछ ।

लर्ड चेम्बरलेनले औपचारिक सम्मान वा राज्यका निकायबाट दिइने विशेष व्यवहार तथा त्यसका लागि सार्वजनिक कोष प्रयोग गर्नुपर्ने विषयमा प्रश्न भए बकिंघम दरबारमा सम्पर्क गर्न स्पष्ट पारेका छन् ।

  • Home
  • About Us
  • Our Team
  • Privacy Policy
प्रकाशक: मिडिया नेटवर्क नेपाल एण्ड रिसर्च सेन्टर
सम्पादक: उदयराज ढकाल
ठेगाना: ललितपुर महानगरपालिका - ५, ललितपुर
फोन नं.:- ०१-५४११२२४
सूचना विभाग दर्ता प्र.प.नं.: ५१२०-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्र.प.नं.: ५१२६-२०८१/२०८२
© Copyright 2026. Parliament Update. All Rights Reserved.