काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले परिस्थितिलाई थप असहज बन्न नदिन  सत्तामा बसेकाहरुलाई संवेदनशील बन्न अपील गरेका छन् । मंगलबार घिसिङले जेनजी पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्ष पूरा गर्ने अवस्था सृजना गर्न आग्रह गरेका हुन् ।

यस्तो छ कुलमानको भनाई

हिजो जेनजीको प्रदर्शनमा सरकारको बर्बरतापूर्ण बल प्रयोगले हामीले निहत्था छोराछोरीहरु गुमाएका छौं । यो सामान्य घटना हुँदै होइन, हरकोही नेपालीले सहनै नसक्ने पीडा भएको छ यतिबेला अनि देशले ठूलो संख्यामा होनहार युवा गुमाएको छ। सिङ्गो देश शोकमग्न छ। रातभर निदाउन सकिन, अब त अति भो परिस्थितिलाई थप असहज बन्न नदिन म सत्तामा बसेकाहरुलाई संवेदनशील बन्न अपील गर्दछु ।
अबको बाटो…

१ जेनजी पुस्ता देशको भविष्य हुन् । यो पुस्ताको गुनासोलाई सम्वोधन गर्दै उनीहरूको सम्पूर्ण आकांक्ष पूरा गर्ने अवस्था सृजना गर्ने ।

२ राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी कवूल गर्दै पदत्याग गर्ने

३ जेनजी पुस्तालाई समेत संलग्न गरी स्वच्छ छवि भएका व्यक्तिहरूको अन्तरिम सरकार गठन गरी अविलम्व आमचुनाव गराउने ।

४ व्याप्त सबै तहको भ्रष्टाचार निर्मूल गर्नको लागि स्वतन्त्र उच्चस्तरीय आयोगले छानविन गरी भ्रष्टाचारीहरूलाई फस्ट ट्र्यकबाट हदैसम्मको दण्ड दिने व्वस्था गर्ने ।

५ हिजोको बर्बरतापूर्ण घट्नाको न्यायिक जांच गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्ने । भविष्यमा यस्तो ज्यादती र वलको दुरूपयोग नहोस् भन्ने सुनिस्चतता गर्ने ।

६ जेनजी पुस्ताको नेतृत्व विकास गर्न सहयोगी पुग्ने ढंगले संविधानमा आवश्यक संसोधन गर्ने ।