काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको घरमा पनि आगजनी भएको छ । प्रदर्शनकारीले मंगलबार बानियाँटारस्थित राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले अहिले नेताको घरलाई निशाना बनाएका छन् ।
जेनजीले सामाजिक संजाल बन्द र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनका क्रममा सोमबार सरकारी दमनबाट १९ जनाको मृत्यु भएपछि आन्दोलन उग्र बनेको छ ।
