काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीले निकालेका हुन् ।

नख्खु जेलका प्रमुख सत्यराज जोशीले कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि लामिछानेलाई छाडिदिएको जानकारी दिए ।