काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन जेनजीलाई आग्रह गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’