गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई पेस गरिएका दुई विधेयकलाई सोमबार प्रमाणीकरण गरेका छन् ।

‘आगामी आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ र ‘गण्डकी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’लाई प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए ।