काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धी हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलाल जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले यो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताएका हुन् । उनले यसमा सन्तुलन मिलाउन नसके राष्ट्रियतामाथि अर्को हमला हुने बताए ।

उनले भने, ‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपुदर्गी सन्धी हुँदैछ । त्यो सन्धी हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ ।’

उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए ।