काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यस्तै अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।