काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटालाई चयन गरेको हो ।
त्यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई नियुक्त गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
