काठमाडौं । साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको घुइँचो लागेको छ । साउन भगवान् शिवको महिना तथा सोमबार शिवजीको बार मानिन्छ ।

यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ । नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस