काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बा हुन नसकेका प्रधानमन्त्रीले छोराछोरीको मृत्युको पीडा बुझ्न नसक्ने भन्दै कटाक्ष गरेका छन् ।
सोमबार मध्यरातमा सामाजिक संजालमार्फत मेयर साहले जेनजी पुस्तामाथि सरकारले दमन गरेको भन्दै प्रधानमन्त्रीमाथि आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्रीलाई आतंकवादीको संज्ञा समेत दिएका छन् ।
उनले भनेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुज्थिस् । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कादी होस् ।’
