-नारायण गाउँले ।
एमालेले अझै पाँच–दश वर्ष देश र पार्टीमा केपी ओलीको विकल्प नभएको भन्दै हिजोमात्रै पार्टीको विधान नै परिवर्तन गरेको छ । विधान अनुसार दुई कार्यकाल पूरा भएपछि ओली फेरि अध्यक्ष बन्न सक्दैनथे । आफैंले ल्याएको ७० वर्षे उमेर हदले पनि अध्यक्ष बन्न दिँदैनथ्यो । तर एमाले र देशमा ओलीबाहेक अर्को योग्य व्यक्ति नभएको दाबी गर्दै अर्को महाधिवेशनमा समेत ओली नै अध्यक्ष बन्ने अनौठो घोषणा गर्ने देशको पहिलो पार्टी बनेको हो । नयाँ पुस्ता भनिएका योगेश भट्टराईले समेत पार्टीमा अर्को नेतै नभएको बताइसकेका छन् ।
केपी ओलीले राजीनामा दिने हो भने एमालेमा अर्को नेता छैन । यो हिजो भर्खर ठूलो सम्मेलन गरेर एमालेले नै भनेको हो । देशमा आन्दोलन जेनजीको छ । एउटा पार्टीले भने एउटा व्यक्तिका लागि विधानमा रहेको उमेर हद समेत सच्याएर ओली नै चाहिने निर्णय गरेको छ । ६ लाख कार्यकर्ता पनि खुसी देखिन्छन् ! कुनै विकल्प नभएका त्यस्ता महान् ओलीले जेनजीलाई कसरी सुन्लान् त ? देशमा घटेको त्यत्रो ठूलो नरसंहारमा माफी माग्नु र जिम्मेवारी लिँदै राजीनामा दिनुको साटो उल्टै जेनजीले कुरो नबुझेकोले त्यस्तो घटना भएको विज्ञप्ति निकालेका छन् ।
कि जेनजीले पनि देशमा ओलीको कुनै विकल्प छैन भन्ने पत्याउनु पर्यो, कि अब खोसेर लिन पर्यो ! वार र पारको लड़ाइँ हुने देखियो । जे होस्, राम्रो होस् !
