काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सरकारबाट फिर्ता हुने निर्णय गराउन आफू लाग्ने बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत महामन्त्री थापाले सोमबारको घटनाबाट आफू मात्र नभई सिंगो नेपाल सुत्न नसकेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अवोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’