काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् ।
सामाजिक संजालमार्फत पौडेलले भनेका छन्, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।’
मन्त्री पौडेलले अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर आफू राजनीतिमा होमिएको बताउँदै आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरिरहेका छन् ।
उनले भनेका छन्, ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन ।’
