काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै सांसदले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका गरी ४२ सांसदले सामूहिक राजीनामा दिएका हुन् ।

राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ । यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ ।’